मिनीट्रक दुर्घटनामा एक जनाको मृत्यु, १३ घाइते

मंसिर ४, २०८० |टेकराज जोशी
मिनीट्रक दुर्घटनामा एक जनाको मृत्यु, १३ घाइते

धनगढी । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको बूढीतोलामा सवारी बोकेको मिनीट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

आज बेलुकी करिब पौने ५ बजे पहाडबाट तराई आउन लागेको से.१ख १४३८ नम्बरको ट्रक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृतक अन्दाजी ३५/३६ वर्षीया महिलाको पहिचान खुलेको छैन । घाइतेहरुको पदमा अस्पताल अत्तरिया र मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइते सबै डोटीको जोरायल गाउँपालिकाका हुन् । घटनालगत्तै चालक फरार भएका छन् ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।