सशस्त्र प्रहरी बल मुख्यालयमा कुकुर तिहार (तस्बिरहरू)

कार्तिक २६, २०८० |कान्तिपुर टीभी संवाददाता
सशस्त्र प्रहरी बल मुख्यालयमा कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ ।

नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहारमा कुकुरको पूजा गरी मनाइने गरिन्छ । हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ । कुकुरलाई फूल, माला र टिका लगाइदिएर खानेकुराहरु दिएर पूजा गर्ने परम्परा छ ।

सशस्त्र प्रहरी बल बलम्बुका पशु स्वास्थ्य तथा डग हेन्डर उपशाखाका सशस्त्र प्रहरी नायब निरीक्षक रमेश उप्रेतीले सशस्त्र प्रहरी बलसँग ४ जातका कुकुरहरु रहेको जानकारी दिए । ती चार जातमा जर्मन सेफर्ड, ल्याब्रेडर, ककर स्पाइनर र गोल्डे डिटिबर रहेको जनाए । कुकुरहरुलाई लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको खोजी कार्य र अपराध अनुसन्धानमा तालिम दिइ काम गराइएको उनले बताए । कुकुरहरु बाढी पहिरो र विपद्जन्य काममा पनि उद्धारमा खटिने गरेको उनको भनाइ छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनाशकारी प्राकृतिक प्रकोप तथा विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचनासमेत दिने गरेको छ ।

कुकुर इमान्दार र बफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एक पटक यमपञ्चकको दोस्रो दिन पुज्ने गर्दछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.