आज काग तिहार, यमपञ्चकको पहिलो दिन

कार्तिक २५, २०८० |कान्तिपुर टीभी संवाददाता
आज काग तिहार, यमपञ्चकको पहिलो दिन

काठमाडौं । आज यमपञ्चकको पहिलो दिन । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक आज सुरु भएको छ । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ ।

आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ । काग तिहारका अवसरमा आज काठमाडौंको कागेश्वरीमा मेला आयोजना गरिएको छ ।

आज बिहानै श्रद्धालुहरु काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कागेश्वरी महादेव मन्दिरमा कागको पुजा गरे ।

कार्तिक त्रयोदशी तिथि परेकोले आज बेलुकी यम दीप दान सुरु गर्नुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चकमा यम दीप दान गरेमा यमयातनाबाट मुक्ति पाइने मान्यता पनि छ । 

तिथिका कारण धनतरेस पर्व आज पनि मनाइँदै छ । 

भोलि बिहान कुकुर तिहार र लक्ष्मीपूजा भोलि नै साँझ मनाउनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाइटीका २९ गते बुधबार परेको छ । त्यसदिन बिहान १० बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत रहेको पनि समितिले जनाएको छ । 

नेवार समुदायले यसदिन किजापूजा मनाउँछन् ।

सम्बन्धित समाचार...

काग : पर्यावरण जोगाउँछ, किसानलाई सघाउँछ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.