महिलाले उठाए य: सिं, एक महिनासम्म दियो जलाइने (फोटो फिचर)

कार्तिक ११, २०८० |मुरारी घिमिरे
महिलाले उठाए य: सिं, एक महिनासम्म दियो जलाइने (फोटो फिचर)

काठमाडौं । काठमाडौंको भीमसेनस्थान मन्दिर परिसरमा महिलाहरुले बत्ती बाल्न काठको मुढा अर्थात यः सिं उठाएका छन् ।

परापूर्वकालदेखि चन्द्रमालाई दियो बाल्न ठड्याउने मुढा गत वर्षदेखि महिलाहरुले उठाउन थालेका हुन् ।

२६ वर्षदेखि रोकिएको यो संस्कृति गत वर्षदेखि सम्पदा संरक्षण समाज नेपालले पुन: सुरु गरेको छ । २६ वर्षअघिदेखि काठको मुढा गुठीले सञ्चालन गर्दै आएको यो संस्कृति रकम अभावका कारण रोकिएको थियो । २६ वर्षअघिसम्म पुरुषहरुले नै ठड्याउने गरेको काठको मुढा महिला शसक्तिकरणका लागि महिलाहरुले उठाउन थालेको स्थानीय अम्बिका खड्कीले जनाइन् ।

आजदेखि अर्को पूर्णिमा नआउन्जेलसम्म अर्थात् एक महिनासम्म यःसिंमा दियो जलाउने सम्पदा संरक्षण नेपालका अध्यक्ष सुरज सायमि मानन्धरको भनाइ छ ।

यः सिं ठड्याउनका लागि दुई सयको हाराहारीमा महिला सहभागिता रहेको थियो ।

हेरौं थप तस्बिर :


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।