* विपक्षीका ५० भन्दा बढी अस्वीकार प्रस्ताव असफल गर्दै अध्यादेश पारित गर्ने सरकारको तयारी / राष्ट्रिय सभामा निर्णायक जसपा नेपाल सत्ता बार्गेनिङमा लाग्दा पेचिलो बन्ने संकेत ।
* पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुनको राजनीतिक सक्रियताले पदीय गरिमा र लोकतन्त्रलाई कमजोर बनाउने चिन्ता / एमाले र माओवादीभित्र पनि असन्तुष्टि ।
* पाँच वर्षमा नेपालबाट १७ सय १५ विदेशी निस्कासित / अधिकांश कानुन उल्लंघन र अपराधमा संलग्न / खुला सीमा र सहज भिसाको दुरुपयोग रोक्न ऐन ल्याउने तयारी ।
* गाजालाई अमेरिकी नियन्त्रणमा लिने र प्यालेस्टिनीलाई सार्ने राष्ट्रपति ट्रम्पको घोषणाको चौतर्फी आलोचना / गाजा नछाड्ने प्यालेस्टिनीको अडान / मध्यपूर्वमा फेरि अस्थिरताको आशंका ।
* नेपाल ओलम्पिक कमिटीको निर्वाचनलाई मान्यता दिन अन्तर्राष्ट्रिय कमिटी र एसिया काउन्सिलद्वारा अस्वीकार / विधान संशोधन पनि अमान्य / सर्वपक्षीय समाधान खोज्न सुझाव ।