९ तस्बिरमा जमरा विसर्जन

कार्तिक ११, २०८० |मुरारी घिमिरे
९ तस्बिरमा जमरा विसर्जन

काठमाडौं । बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । घटस्थापनाका दिनमा घरघरमा राखिएको जमरा आज विसर्जन गरिएको छ ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म पूजा आराधना गरी विजया दशमीको दिन देवी विसर्जन गरेपछि टीका र जमरा लगाउन सुरु हुन्छ । पञ्चांग निर्णायक समितिले कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहने जनाएको छ ।

घटस्थापनाको दिन राखिएको जमरा दसैं सकिएसँगै शनिबार विसर्जन गरिएको हो । भक्तपुरको ब्राह्मयणी दुर्गापिठ, दसैं घर तथा मानिसहरुको घरघरमा राखिएको जमरा शनिबार नदी, तलाउ तथा खोलामा लगि विसर्जन गरिएको छ ।

यसैबीच नेपाली सेनाले घटस्थापनाको दिन दसैंघरमा राखेको जमरा शनिबार सलामी अर्पण गरी विसर्जन गरेको छ ।

जमरा विसर्जनसँगै दसैंको अन्त्य र तिहारको सुरुवाती संकेतका रुपमा पनि लिइन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि पूर्णिमादेखि नै सुरु हुन्छ । 


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।