घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

आश्विन २९, २०८० |मनोज बडू
घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु

दार्चुला । जिल्लाको दुहु गाउँपालिका १, बास्पालीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ ।

आइतबार दिउसो घाँस काट्ने क्रममा रातापोड भन्ने स्थानमा भिर माथिबाट खसेको ढुंगा टाउकोमा लागेर जयमती महरा सख्त घाइते भएकी थिइन् ।

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


Image

मनोज बडू

बडू दार्चुलास्थित कान्तिपुर टीभीका संवाददाता हुन् ।