दसैंमा घर जानेको ताउरमाउर... (१० तस्बिर)

आश्विन २८, २०८० |विकास जोशी
दसैंमा घर जानेको ताउरमाउर... (१० तस्बिर)

काठमाडौं । नेपालीहरुको बडा दसैं पर्व आज सुरु भएको छ । आश्विन शुल्क प्रतिपदादेखि बडा दसैं सुरु भएको मानिन्छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिएको छ । राजधानीमा विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि आएकाहरु घर फर्किन थालेका छन् ।

बसपार्क, चाबहिल, टेकु, कोटेश्वर, बल्खुलगायत नाकामा घरजानेहरुको ताउरमाउर देख्न सकिन्छ । घर फर्किनेहरु हतारमा देखिन्छन् । कसैले सवारीसाधन पाएका छन् । कोही कोचाकोच गरी भए पनि गन्तव्यमा जाँदै छन् ।

सवारीसाधन पनि भरिभराउ भएका छन् । कसैले सिट पाएका छैनन् । सबैलाई घर जानको हतारो छ । सिट पाउनेहरु दंग छन् । सिट नपाउने यात्रुहरु सिटको खोजीमा हतारिएका छन् । यस वर्षको विजयादशमीको टीका लगाउने उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।

हेरौं घर जान हतारिएका सर्वसाधारणका थप तस्बिर :


Image

विकास जोशी

जोशी कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement