काठमाडौं । नवरात्र सुरु भएसँगै शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्न सुरु भएको छ । दसैंको नवरात्रका बेला शक्तिपीठहरुमा विशेष पूजाआराधना गर्ने चलन छ ।
काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, शोभा भगवती, वज्रबाराहीलगायत शक्तिपीठमा बिहानैदेखि चहलपहल बढेको छ ।
यस्तै अन्य मठमन्दिरमा पनि दर्शनार्थी पुगिरहेका छन् । नवरात्रमा शक्तिपीठमा पुगेर पूजा आराधना गरे शक्ति प्राप्त हुने विश्वास रहँदै आएको छ ।
हेरौं थप तस्बिर :