गोरखा । लिगलिगे दौडको ११औं संस्करण आगामी कात्तिक १ गते आयोजना हुने भएको छ ।
गोरखाको लिगलिगकोटमा इतिहासको स्मरण स्वरुप यस वर्ष पनि दौडेर राजा हुने प्रतियोगिता हुने भएको हो । चेपे दोभानदेखि लिगलिगकोट सम्म १३.८ किलोमिटर दूरीको यो दौड २०६७ सालदेखि लिगलिगकोट विकास अभियानले आयोजना गर्दै आएको छ ।
प्रतियोगतामा पुरुष खुलातर्फको १३.८ किलोमिटर दूरीको दौडमा पहिलो हुनेलाई नगद एक लाख, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई २५ हजार चौथो र पाँचौं हुनेलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ ।
त्यस्तै स्थानीय पुरुष खुलातर्फ र विद्यार्थीतर्फको पनि छुट्टै विधामा दौड आयोजना हुने भएको आयोजकले जनाएको छ ।