डडेलधुरामा करेन्ट लागेर युवकको मृत्यु

आश्विन १४, २०८० |कान्तिपुर टीभी संवाददाता
डडेलधुरामा करेन्ट लागेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर

डडेलधुरा । डडेलधुराको आलितालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका ७, राउजालीका २२ वर्षीय राजेन्द्र विष्टको खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार विद्युत्‌को मेन लाइनबाट तार तानेर सुन खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

शनिबार साँझ करिब ६ बजे करेन्ट लागेर बेहोस भएका विष्टलाई उपचारका लागि जोगबुडा अस्पताल लगिएको थियो । विष्टको अस्पताल पुग्नुभन्दा पहिला नै मृत्यु भइसकेको अस्पताल स्रोतले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.