
दोलखा । दोलखा प्रहरीले थप तीन केजी सुन बिगु गाउँपालिका ३, जामुनेबाट बरामद गरेको छ ।
दोलखाको बिगु गाउँपालिका ३, जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको थप तीन केजी सुन आज (शुक्रबार) दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो ।
अनुसन्धानका क्रममा बुधबार पक्राउ परेको केशर तामाङको कोठामा खानतलासी गर्दा थप तीन केजी सुन बरामद भएको प्रहरी निरीक्षक विक्रम तामाङले जानकारी दिए । स्रोतका अनुसार चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ ।
सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी गरिरहेको छ । आइतबारबाट चीनको रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ । रोङजिया नाकाबाट चीनको फलाक पुगिने भएकाले यही नाकाबाट अवैध सुन नेपालतर्फ भित्रिएको प्रहरीले जनाएको छ ।