तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न तयारी

आश्विन १०, २०८० |कान्तिपुर टीभी संवाददाता
तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न तयारी

कपिलवस्तु । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रारम्भिक मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस गरिने भएको छ ।

प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गर्न गठित निर्देशक समितिको बुधबार लुम्बिनीमा बसेको बैठकले सेप्टेम्बर ३० सम्मको समयसीमाभित्रै मनोनयन पठाउने निर्णय गरेको हो । बैठकले अन्तर्राष्ट्रिय सम्पदा विशेषज्ञ डा. डंकन मार्सलद्वारा तयार गरेको रणनीतिक मनोनयन दस्तावेज मस्यौदा पेश गर्ने निर्णय गरेको छ ।

विश्व सम्पदा महासन्धिले तोकेको मापदण्ड र आधार पूरा गरेर शाक्य वंशीय राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको बिताएको स्थल तिलौराकोटलाई सन् २०२५ सम्ममा विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरि कार्यक्रम अघि बढाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement