भ्युटावर हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भ्युटावर हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

कञ्चनपुर । बेदकोट नगरपालिका–९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आउनुभएको छैन । मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त गत कात्तिक १० गतेदेखि सम्पर्कविहीन हुनु भएको हो ।

पन्त सहकर्मी अर्जुन खड्कासँग चामेको भ्युटावर हेर्नका लागि जानुभएको थियो । तर, बीच बाटोबाट खड्का भ्युटावर चढ्न नसक्ने भनेर फर्किएपछि पन्त एक्लै उकालो चढ्नुभएको थियो ।

भ्युटावर चढेर पन्त र खड्काबीच साँझ ४:४५ मा कुराकानी भएको पन्तका परिवारका सदस्य बताउनुहुन्छ । तर राति अबेरसम्म उहाँ फर्किनुभएन । खड्का लगायत बैंकका कर्मचारीले फोन गरे पनि राति १०:४५ सम्म घण्टी गयो तर फोन उठेन । त्यसपछि ‘स्वीचअफ’ भयो ।

तारणीका भाइ विष्णुदत्त पन्त दाजु सम्पर्कविहीन भएको खबर पाएपछि घरका चार जना सदस्य मनाङको चामे पुगेको बताउनुहुन्छ । विष्णुले भन्नुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्‍यौं, फेला परेनन्, निराश भएर घर फर्क्यौं ।”

उहाँका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा तारणी हराएको दिनदेखि नै १२ दिनसम्म खोजतलास गरे पनि भेट्टाउन सकेको छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकोप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement