मलखाद आपूर्तिको माग गर्दै जनमत पार्टीद्वारा राजविराजमा प्रदर्शन

पुस ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मलखाद आपूर्तिको माग गर्दै जनमत पार्टीद्वारा राजविराजमा प्रदर्शन

सप्तरी । मलखाद आपूर्तिको माग गर्दै सप्तरीमा आज(बिहीबार) जनमत पार्टीका नेता-कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेको छ । जनमत पार्टीले सप्तरी जिल्ला इन्चार्ज रामगमन साहको नेतृत्वमा कृषि औजारसहित राजविराजमा विरोध प्रदर्शन गरेको हो । 

सरकारी निकायले मलखादमा कालोबजारी गरेको आरोपसमेत जनमतले लगाएको छ । प्रदर्शनकारीले खाद डिलरको कालाबजारी बन्द गर, किसानलाई खाद समस्या समाधान गर, कालाबजारी गर्ने डिलरलाई कारबाही गर लगायतका नारा लगाउँदै राजविराज नगरको परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनमा जनमत पार्टीका मधेस प्रदेश समितिका संसदीय दलका नेता महेश प्रसाद यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र कुमार माझी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलगायत जनमत पार्टीका नेताकार्यकर्ताहरुको सहभागिता थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement