काठमाडौं । पूर्वयुवराज पारस शाह मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार मुटुमा समस्या देखिए पनि शाहको अवस्था सामान्य छ । यसअघि पनि मुटुको समस्या देखिएका शाहलाई अस्पताल भर्ना गरेर चौबीस घण्टा चिकित्सकको सुपरीवेक्षणमा राखिएको हो ।
शाहको स्वास्थ्य अवस्था बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह पनि अस्पताल पुगेका छन् ।