अर्घाखाँची । रातभर परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ । घुम्ती, दहखोला, नरपानी, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात ठप्प भएको हो ।
साना–ठूला गरी ठाउँठाउँमा पहिरो गएको छ । सडक माथिबाट धेरै स्थानमा खसेको पहिरोलाई हटाउन पनि सकस भएको छ ।
डोजरले पहिरो हटाउन सुरु गरेको छ । सन्धिखर्क–गोरुसिंगे सडक खण्डमा डबल कटिङको काम भइरहेकाले पानी पर्दा पहिरो खस्ने गर्छ।
फुदवाङ, दहखोला, नरपानी, घुम्ती, अमराईलगायतका ठाउँमा स्थानीय तहको समन्वयमा डोजरले पहिरो हटाउने कार्य भइरहेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए ।
धेरै ठाउँमा पहिरो गएकाले सडक सुचारु गर्न २/३ घण्टा लाग्ने उनले जनाए ।