नागरिकता मुद्दामा उपमेयर मीरालाई थप ५ दिन थुनामा राख्न अनुमति

असार २४, २०८० |आरएन विश्वास
नागरिकता मुद्दामा उपमेयर मीरालाई थप ५ दिन थुनामा राख्न अनुमति

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई आइतबार थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न सप्तरी जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नागरिकतासम्बन्धी कसुरमा यसअघि गत बिहीबार अदालतले उनलाई तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।

गत मंगलबार पक्राउ पुर्जी जारी भएपछि बुधबार उनी प्रहरीसमक्ष उपस्थित भएकी थिइन् । सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्रकुमार यादव भने अझैं फरार छन् ।

सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले उपमेयर मीरालाई अनुसन्धान गर्न आइतबार पाँच दिनको म्याद थप भएको जानकारी दिए । ‘उपमेयरविरुद्ध थप ५ दिनको म्याद थप भएको छ,’ उनले भने, ‘सो कसुरमा थप अनुसन्धान हाम्रो जारी छ ।’


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।