सडक मिचेर निर्माण गरिएका संरचनामा इटहरी उपमहानगरपालिकाले डोजर चलायो

असार ८, २०८० |कान्तिपुर टीभी संवाददाता
सडक मिचेर निर्माण गरिएका संरचनामा इटहरी उपमहानगरपालिकाले डोजर चलायो

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरले ६ लेन सडक विस्तार क्षेत्राधिकारभित्र पर्ने घर भत्काउन थालेको छ ।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले ठूलो संख्यामा प्रहरी परिचालन गरी ६ लेन सडक क्षेत्राधिकारभित्र पर्ने संरचना भत्काउन थालेको हो । रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाअन्तर्गत इटहरीको मुख्य बजारमा काम अलपत्र परेपछि उपमहानगरले शुक्रबार दोस्रोपटक डोजर चलाएको हो ।

यसअघि गत माघमा विराटनगर लाइनमा पर्ने वडा नम्बर ६ का ३४ वटा घरहरु भत्काइएका थिए । पटक पटक आग्रह गर्दा पनि ९ नम्बर वडाका केही घरधनीले घर नभत्काएपछि बल प्रयोग गर्नु परेको नगरप्रमुख हेमकर्ण पौडेलले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement