एन्फा महिला लिग : सुदूरपश्चिममाथि त्रिभुवन आर्मी क्लबको १४-१ गोल अन्तरको फराकिलो जित

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एन्फा महिला लिग : सुदूरपश्चिममाथि त्रिभुवन आर्मी क्लबको १४-१ गोल अन्तरको फराकिलो जित

काठमाडौं । एन्फा महिला लिगमा दीपा शाहीले ह्याट्रिकसहित पाँच गोल गरेपछि त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४-१ गोलले हराएको छ । सुदूरपपश्चिमले पाएको एक गोल पनि आर्मीले निलम सिंहले आत्मघाति गरेकी थिइन्। आजको जितसँगै आर्मीले ६ अंक बनाएको छ।

खेलको सातौं मिनेटमा नै फरवार्ड विमला चौधरीले बायाा खुट्टाले प्रहार गरेर आर्मीको गोलको खाता खोलिन्। चन्द्र भण्डारीको पासमा हिमा चौधरीले १५ औं मिनेटमा नै अग्रता दोब्बर बनाइन्। २० औं मिनेटमा कर्नर बललाई क्लियर गर्ने प्रयासमा सुदूरपश्चिमकी शान्ति विकेले आत्मघाति गोल गरिन्।

यससँगै आमीले तीन शून्यको अग्रता बनाएको हो। आर्मीको पेशको सामना गर्नै नसकेको सुदूरपश्चिमविरुद्ध दिपा २३ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरिन्। अर्की फरवार्ड चन्द्रा भण्डारीले खेलको २५ औं मिनेटमा गोल गरेपछि आर्मीले पााच शुन्यको अग्रता बनाएको हो। ३१ औं मिनेटमा दिपाले फ्रिकिकमा सीधै गोल गरिन् ।

उनको प्रहार पोस्टको दायाँ कुनमा गोल भयो। पहिलो हाफमै फराकिलो अग्रता बनाउन सफल भएपछि आर्मीका चुन बहादुर थापाले टिमका चार महत्वपूर्ण खेलाडीलाई हटाएर बेञ्चका खेलाडीलाई मैदानमा पठाए। पहिलो रोजाइकी गोलकिपर अन्जन राना मगरसागै अन्चली वाईवा, चन्द्रा र हिमालाई बेञ्चमा राखे। ३९ औं मिनेटमा मैदान प्रवेश गरेकी सन्जु कुमालले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरिन्।

दिपाले पहिलो हाफको स्टपेज समयमा गोल गरेर हृयाटि्रक पुरा रिन्। सैगरी दिपाले ५४ र ६२ औं मिनेटमा पनि गोल गरेकी थिइन्। उनलाई पनि प्रशिक्षकले ७१ औं मिनेटमा बेञ्चमा राखेका थिए। खेलमा अनिता लम्जेलले दुई साथै सावित्री देवी मगरले पनि एक गोल गरेपछि आर्मीले १४ गोल पुरा गरेको हो। निलम सिंहले ६८ औं मिनेटमा आत्मघाति गोल गरेपछि सुदूरपश्चिमको नाममा पनि एक गोल रह्यो।

लिगमा तेस्रो खेल खेल्दा सुदूरपश्चिमले २८ गोलको सामना गरिसकेको छ। जारी महिला लिगमा यो सबैभन्दा फराकिलो जित हो। यसअघि पुलिसले सुदूरलाई नै ९-० ले हराएको थियो। लिगमा भोलि चौथो चरणका खेलहरु सुरु हुादैछन्। भोलि साढे १२ बजे हुने खेलमा कोशी प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ।

दिउँसो साढे तीन बजे हुने खेलमा कर्णालीले संकटासँग खेल्ने तालिका छ। यसअघि सवा ४ बजेका खेलहरु राखिएका भए पनि अब त्यो समयका सबै खेल साढे तीन बजे हुनेछन्। सवा चार बजे खेलाइएका खेलहरुको अन्तिम समयमा रात परेपछि पनि खेलाएको भनेर क्लबले आलोचना गरेका थिए।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement