आफूले सुरु गरेका कार्यक्रमहरु निरन्तरताको माग राख्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अनशनमा

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफूले सुरु गरेका कार्यक्रमहरु निरन्तरताको माग राख्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की अनशनमा

विराटनगर । आफ्नो कार्यकालमा सुरु कार्यक्रम निरन्तरताको माग राख्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबार अपरान्हदेखि आमरण अनशनमा बस्नुभएको छ । कोशी प्रदेशसभा भवनअगाडि रहेको बनसखण्डी मन्दिरको गेट छेउमा उहाँ अनसनमा बस्नु भएको हो ।

आफू नेतृत्वको सरकारले ल्याएका दश वर्षमुनिका बालबालिकाका लागि विशिष्टिकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन, महिला स्वयम्सेविकालाई प्रोत्साहन भत्ता, घ्यू तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्तिलगायतका कार्यक्रम काटेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की अनशन बस्नु भएको हो । 

माग पूरा नहुन्जेल आफ्नो अनशन जारी रहने अडान पनि उहाँले लिनुभएको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले कार्की अनशन बस्ने घोषणा गरेसँगै प्रदेशसभा भवन क्षेत्रलाई मंगलबार निषेधित क्षेत्र घोषणा गरेको छ। तर त्यसको अवज्ञा गर्दै उहाँ निषेधित क्षेत्रमै अनसन बस्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement