पोखरामा रास्वपाका सभापति लामिछाने सहभागी कार्यक्रम स्थलबाहिर सहकारी पीडितको प्रदर्शन

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा रास्वपाका सभापति लामिछाने सहभागी कार्यक्रम स्थलबाहिर सहकारी पीडितको प्रदर्शन

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी कार्यक्रम स्थलबाहिर सहकारी पीडितहरूले प्रदर्शन र नाराबाजी गरेका छन् ।

पोखरा-१७ विरौटास्थित ग्यालेक्सी पार्टी प्यालेसमा आज आयोजित रास्वपाको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न गएका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध सूर्यदर्शन सहकारीका बचतकर्ताले कालो झन्डा देखाउँदै विरोध प्रदर्शन गरेका हुन् । कार्यक्रमस्थल बाहिर सहकारीपीडितले प्रदर्शन गरेपछि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलभित्र लगिएको थियो । पीडितले गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।

लामिछानेविरुद्ध पीडितहरूले कास्की प्रहरीमा पूरक जाहेरी दिएका थिए । सूर्यदर्शन लगायत देशका विभिन्न सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक एवम सेयर सदस्य रहेको ग्यालेक्सी टेलिभिजनमा लगानी गरिएको थियो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईसहित सहकारीका पूर्व र वर्तमान सञ्चालक तथा कर्मचारी गरी १९ जनालाई प्रतिवादी बनाएर प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित २०८० असोज १८ मा कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement