कान्तिपुर समाचार, २५ भाद्र २०८१

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २५ भाद्र २०८१

आजका मुख्य समाचार

– पदीय मर्यादाविपरित काम गरेको भन्दै उपसभामुख रानालाई हटाउने सत्तारुढ दलको तयारी / राजीनामा दिन माग / प्रतिवाद गर्ने माओवादी केन्द्र र रास्वपाको चेतावनी ।

– कांग्रेस उपसभापति गुरुङमाथि सहकारीको बचत अपचलनको आरोपले सदनमा चर्काचर्की / छानबिन गर्न गुरुङको चुनौती / पोखरामा रास्वपा सभापति लामिछानेविरुद्ध सहकारी पीडितको नाराबाजी ।

– नक्कली भुटानी शरणार्थी प्रकरणपछि झापामा रहेका शरणार्थीको व्यवस्थापन जटिल बन्दै / परिचयपत्र नपाउँदा सुविधाबाट वञ्चित / ८ देशका शरणार्थीका कारण सुरक्षामा जोखिम ।

– म्यानमारमा सेना र सशस्त्र विद्रोही समूहबीच संघर्ष चलिरहँदा एक सातामै १४ हजार रोहिंग्या बंगलादेशको शरणमा / थप ७० हजार जना बंगलादेश प्रवेशको पर्खाइमा ।

– आईसीसी विश्वकप लिग टू को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिम आज क्यानडा जाँदै/ काभा महिला क्लब च्याम्पियनसिप खेल्न माल्दिभ्स जाने पुलिस टिमको पनि बिदाइ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement