बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

जेष्ठ ३२, २०८० |कान्तिपुर टीभी संवाददाता
बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचार गरेको आरोपमा कलाकार राजु पौडेल ‘राजु मास्टर’, मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । बिहीबार प्रहरीले उनीहरुलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

प्रहरीले पक्राउ परेकाहरुले युट्युबबाट बेटिङ एप वानएक्स बेटको प्रचार गरेको बताएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले जनकारी दिए । पक्राउ परेकाहरुप्रति जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित उनको भनाइ छ ।

केसीले भने, ‘आज हामीले ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौं । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्नेलाई पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौं। पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेवापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलिसिरियल सञ्चालन गर्ने र धेरै सस्क्राइबर युट्युबरहरु छन् । हाम्रोमा यो गैरकानुनी हो ।’

यो पनि...

अवैध सट्टेबाजीमा संलग्न भएको आरोपमा कलाकार बल्छी धुर्वे पक्राउ


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.