काठमाडौं । अवैध सट्टेबाजीमा संलग्न भएको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लगायत ८ जना पक्राउ परेका छन् ।
श्रेष्ठसहित अनलाइन बेटिङ कम्पनी ‘वान एक्स बेट’मा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूको नाम गोप्य राखेको छ । अदालतबाट म्याद थप गरेपछि सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
पछिल्लो समय केही कलाकारहरु वान एक्स बेटको विज्ञापन गर्दै आएका थिए । सामाजिक सञ्जालका भिडियोमार्फत उनीहरुले विज्ञापन गरेको आरोप छ ।
बुधबार मात्रै प्रहरीले वान एक्स बेटमार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो । उक्त अवैध कारबार फेला परेपछि कलाकार श्रेष्ठ पनि तानिएका थिए ।