काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा एक सातादेखि जारी थुनछेक बहस आज (बिहीबार) सकिएको छ ।
नक्कली शरणार्थी मुद्दामा पक्राउ परेका १८ प्रतिबादीका तर्फबाट कानुन व्यवसायीहरुले बसह सकेका हुन् । हिजो (बुधबार) न्यायाधीश प्रेमप्रसाद न्यौपानेले भोलि जसरी पनि सक्नुपर्ने भन्दै इजलास टुंग्याएका थिए । आज (बिहीबार) भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एकजनाले बहस गरेका छन् ।
प्रतिवादीका वकिलहरुको बहस सकिएसँगै भोलि (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारेखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश न्यायाधीशले दिन सक्नेछन् ।
पक्राउ परेकालाई थुनामा पठाउने या नपठाउनेबारे आदेश भोलि (शुक्रबार) सम्ममा आउन सक्छ ।