काठमाडौं । राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्रको माग गर्दै आजबाट राजावादीहरूले आन्दोलन गर्दैछन् ।
जेठ १५ गतेदेखि पुनः राजसंस्थाको स्थापनाको मागसहित राजावादी राजनीतिक दलहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्यक्रमसहित आजबाट आन्दोलन गर्दैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलसहित राजावादीहरूले काठमाडौंमा आज व्यवस्थाविरूद्ध प्रदर्शन गर्दैछन् । उनीहरूले राजसंस्था पुनःस्थापना नहुन्जेलसम्म आन्दोलन जारी रहने बताएका छन ।