काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक दिउँसो साढे १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथ मन्त्रपिरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै पौने २ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आ.व. २०८२/०८३ को आर्थिक सर्वेक्षण पेश कार्यसूची रहेको छ ।
त्यस्तै दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नुहुने कार्यसूची रहेको छ ।