सांस्कृतिक कार्यक्रम अश्लील भएको भन्दै स्थानीयको विरोध

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सांस्कृतिक कार्यक्रम अश्लील भएको भन्दै स्थानीयको विरोध

महोत्तरी । महोत्तरीमा संसारीमाई पूजाको सांस्कृतिक कार्यक्रममा मंगलबार राति अश्लीलता प्रदर्शन गरेको भन्दै स्थानीय युवाहरूले विरोध गरेका छन् । उनीहरुले बुधबार अपराह्न २ बजे महेन्द्र चोकमा प्रदर्शन गरेका हुन् ।

पञ्चवर्षीय संसारीमाता महापूजा महोत्सवको सांस्कृति कार्यक्रममा आयोजकले टिकटकमार्फत् समाजमा अश्लीलता फैलाएको उनीहरुको आर‍ोप छ ।

सो कार्यक्रममा प्रिती पासवानलाई अश्लील गीतमा नृत्य गराएको आरोप लगाउँदै उनीहरुले जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह र संरारीमाई पूजा समितिका अध्यक्ष अशोक साहमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुले प्रदर्शनमा जलेश्वर नगरपालिकाका नगरप्रमुख साह, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुखविरुद्ध नाराबाजी गरेका छन् । जेठ १९ गते सुरु भएको संसारीमाईको पूजा २६ गते सम्म जारी रहेनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.