नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै सर्वोच्च अदालतमा हिजो (बिहीबार) पेस भएको रिट आज (शुक्रबार) दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले पेस गरेको रिट आज अदालतले दर्ता गरेको हो । रिटमाथिको सुनुवाइ आइतबार हुनेछ । रिटमा राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको विधेयकलाई कानुनको अंग नबनाउन माग गरिएको छ । रिटमा राष्ट्रपतिले गरेको प्रमाणीकरण असंवैधानिक भएकाले लागु नगर्न/नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement