काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण चर्चामा आएसँगै लगातार तीन वटा संसद् बैठकमा अनुपस्थित नेपाली कांग्रेसकी सांसद मञ्जु खाण शुक्रबार उपस्थित भएकी छन् ।
सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न बसेको संघीय संसद्को संयुक्त बैठकमा खाण उपस्थित भएको संसद् सचिवालयले जनाएको छ । सांसदहरुको हाजिरीमा खाणले हस्ताक्षर गरेको सचिवालयको भनाइ छ ।
उनी यसअघिका तीन वटा बैठकमा विना सूचना अनुपस्थित थिइन् । उनका पति नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेसँगै मञ्जु सम्पर्कविहीन थिइन् ।
मञ्जु खाण नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।
यो पनि...