अनशनरत सांसद गौतमको स्वास्थ्यमा समस्या

जेष्ठ ४, २०८० |कान्तिपुर टीभी संवाददाता
अनशनरत सांसद गौतमको स्वास्थ्यमा समस्या

बर्दिया । पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सञ्जयकुमार गौतमको स्वास्थ्यमा समस्या देखिएको छ ।

बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणको माग गर्दै ६ दिनदेखि बर्दियामा अनशन बसेका गौतमको कलेजो र मूत्र प्रणालीमा समस्या देखिएको चिकित्सकले बताएका छन् ।

गौतमको मागप्रति राज्य बेखर भएको भन्दै सत्याग्रह अभियानमा एक्याबद्दता जनाउँदै दर्जन बढी व्यक्तिले रिले अनशन पनि जारी राखेका छन् । उनी बबई नदीको जब्दीघाट आसपासमा नयाँ पुल निर्माण, गुलरिया र भारतको मुर्तिहा नाका सञ्चालन, नदी नियन्त्रणका लागि पर्याप्त बजेट, भुरीगाँउ-तेलपानी सडक निर्माण लगायत १५ सूत्रीय माग राख्दै वैशाख ३० गते देखि आमरण अनशनमा बसेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.