रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट सदर

जेष्ठ २, २०८० |कान्तिपुर टीभी संवाददाता
रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतबाट सदर

काठमाडौं । टीकापुर घटनाका दोषी रहेको आरोपमा कारागारमा रहेका रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको छ । यसअघि जिल्ला र उच्च अदालतले गरेको फैसला मंगलबार सर्वोच्चले सदर हुने ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले मंगलबार रेशमको जन्मकैदको सजाय सदर गरे पनि सोही मुद्दाका आरोपी सीताराम चौधरी र गंगाराम चौधरीले भने सफाइ पाएका छन् । यस्तै लक्ष्मण थारुलाई उच्च अदालतले जन्मकैद तोकेकामा सर्वोच्चले जिल्लाकै फैसला सदर गरेको हो । जिल्लाले लक्ष्मणलाई ३ वर्षको कैद फैसला गरेको थियो । जिल्लाको ३ वर्षको कैद लक्ष्मणले भुक्तान गरिसकेको हुँदा उनी अब थप जेल बस्नुपर्दैन ।

सीताराम र गंगाराम जिल्ला र उच्च अदालतको फैसला बमोजिम जन्मकैद भुक्तानका लागि जेलमै रहेको हुँदा सर्वोच्चले आजै थुनामुक्त गर्न आदेश दिएको हो । ‘प्रतिवादीहरु ‘विद्रोह’ भन्ने सीताराम चौधरी र गंगाराम चौधरीले आरोपित कसुरबाट सफाइ पाउने ठहरेकाले अन्य मुद्दा वा कारणबाट निजहरुलाई थुनामा राख्न नपर्ने भए प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गरिदिनू भनी सम्बन्धित कारागार शाखा र सुरु कैलाली जिल्ला अदालतमा लेखी पठाउनू ।’

यो पनि...

रेशम चौधरीको मुद्दा फिर्ता हुनै सक्दैन : वरिष्ठ अधिवक्ता महतो
रेशम चौधरीको रिहाइ सरकारलाई निल्नु न ओकल्नु
रेशमलाई चाँडै रिहा गर्ने आश्वासन बाँड्दै नेताहरू, कानुनविद् भन्छन्- जेलमुक्त गर्नै मिल्दैन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement