टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

जेष्ठ १, २०८० |कान्तिपुर टीभी संवाददाता
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति दिइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जनाएका छन् । अदालतले ३ दिन थुनामा राख्न म्याद दिएसँगै रायमाझीको बयान पनि लिन थालिएको छ । 

वैशाख २० गतेदेखि फरार रहेका उनलाई अदालतबाट पक्राउ पुर्जी जारी भएको १२औं दिनमा काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रायमाझीलाई हिरासतमै राखेर अनुसन्धान गर्नु पर्ने माग राख्दै प्रहरीले आजै उनलाई काठमाडौं जिल्ला अदालतमा पुर्‍याएको थियो ।

सम्बन्धित समाचार...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको बयान सकिएन, भोलि फेरि लिइने

भुटानी शरणार्थी प्रकरणमा संलग्‍न १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली शरणार्थी प्रकरणले कांग्रेसमा तरंग


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.