टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, चढ्ने गाडी मात्रै भेटियो

वैशाख २६, २०८० |कान्तिपुर टीभी संवाददाता
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, चढ्ने गाडी मात्रै भेटियो

काठमाडौं ठगी प्रकरणमा तानिएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमाले सचिव टोपबहादुर रायमाझीको सातदोबाटोस्थित घरमा मंगलबार काठमाडौं प्रहरी परिसरले छापा मारेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा सङ्कलन गर्ने गिरोहमा रायमाझीको नाम पनि मुछिएको थियो । यसै प्रकरणमा रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरी अनुसन्धान जारी छ । अनुसन्धानकै क्रममा यस प्रकरणमा रायमझीको पनि नाम जोडिएसँगै उनी अर्घाखाँचीको एक कार्यक्रमबाट फरार भएका हुन् । फरार रायमाझीलाई छानबिनका लागि प्रहरीले खोजी गरिरहेको छ ।

जिल्ला अदालत काठमाडौंबाट रायमाझीलाई पक्राउ गर्न अनुमति लिएको केही घण्टादेखि बितिसके पनि उनी सम्पर्कमा आएका छैनन् । रायमाझी कहाँ छन् भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीको भनाइ छ । प्रहरीले रायमाझीको घरमा उनी चढ्ने गाडी मात्र फेला पारेको छ ।

सम्बन्धित समाचार...

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरका छोरा सन्दीप पक्राउ

टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी

टोपबहादुर रायमाझी सम्पर्कविहीन, जोगाउने प्रयासमा एमाले


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.