हनुमान जयन्तीमा निकालियो शोभायात्रा

चैत्र २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
हनुमान जयन्तीमा निकालियो शोभायात्रा

जनकपुर । हनुमान जयन्तीका अवसरमा जनकपुरधाममा बिहीबार भव्य शोभा यात्रा निकालिएको छ ।

जनकपुरधामको जानकी मन्दिरमा जम्मा भएका विभिन्न साधु, सन्त-महन्थ तथा श्रद्धालु भक्तजनले शोभा यात्रा निकालेका हुन् ।

जानकी मन्दिरबाट सुरु भएको शोभा यात्रा रामानन्द चोक, पिडारी चोक, भानु चोक, जनक चोक हुँदै पुन: जानकी मन्दिरमै सम्पन्न भएको थियो । हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्रामा जय सियारामको जयकारा लगाउँदै हनुमान अंकित झन्डा फहराइएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.