काठमाडौं । मुलुककै प्रमुख प्रशासनिक भवन सिंहदरबारमा बेथितिको चरम नमुना देख्न सकिन्छ । ढल र पानीको यथोचित निकास भएको छैन । बाटोमै खाल्डाखुल्ड र पानी जमेको देख्न सकिन्छ । फोहोर र कबाडका सामान पनि सिंहदरबार परिसरभित्रै यत्रतत्र देख्न सकिन्छ ।
पशु चैपायादेखि अव्यवस्थित निर्माणका सामाग्रीले सिंहदरबार, सिंहदरबार जस्तो देखिँदैन ।
छरपस्ट फोहोर, थोत्रा गाडीले सिंहदरबारलाई गिज्याइँरहेको छ । छाडा चौपाया र अव्यवस्थित निर्माण सामग्रीले पनि सिंहदरबारलाई कुरुप बनाएको छ ।
सिंहरबार परिसरमा कतिपय नयाँ भवन निर्माण भइरहेको छ । भूकम्पले क्षतिग्रस्त केही भवनको प्रबलीकरणको काम भइरहेको छ । निर्माण सामग्री थुपारिएका स्थान बाहेकका क्षेत्र पनि चित्ताकर्षक छैनन् ।
तर सिंहदरबारको निर्माण तथा व्यवस्थापन हेर्ने कार्यालयले भने सिंहदरबार मात्रै नभएर राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय परिसर ठिकठाक र व्यवस्थित रहेको दाबी गरेको छ ।
सहरी विकास संघीय संसद सचिवालयका सूचना अधिकारी सुरेन्द्रकुमार साह भन्छन्, ‘काम गर्ने बेलामा निर्माण व्यवसायीले केही दिन सामग्री राख्छन्, राख्ने कोसिस गर्छन् । तर हामीले थाहा पाएपछि तुरुन्त त्यसलाई हटाउन लगाइहाल्छौँ ।’
तर सरकारी दाबीअनुसार सिंहदरबार भने ठिकठाक देखिँदैन । सडकका खाल्डोमा पानी जमेका देखिन्छन् । यसले सवारी साधन तथा पैदल यात्रुलाई आवागमनमा असज हुने गरेको छ । सिंहदरबारभित्रको यो अवस्था हुनुमा अन्तर मन्त्रालयबीचको समन्वयमा अभाव देखिन्छ ।
तस्बिरमा हेरौं अस्तव्यस्त सिंहदरबार...
हेर्नहोस् भिडियो