डोल्पाबाट ६९ बोरा अवैध जटामसी बरामद

चैत्र १८, २०७९ |सरोज थापा
डोल्पाबाट ६९ बोरा अवैध जटामसी बरामद

डोल्पा । डोल्पामा घर भित्र लुकाएर राखिएको अवैध जटामसी शुक्रबार बरामद गरिएको छ ।

ठूलीभेरी नगरपालिका वडा नम्बर ३ धूपिचौरस्थित माटाको एक तले घरबाट ६९ बोरा- करिब ब २५०० केजी जटामसी बरामद गरिएको हो ।  शङ्कास्पद स्थितिमा घर खानतलासी गर्दा त्यो जटामसी भेटिएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख महेश कमाईले जानकारी दिए ।

डिभिजन वन कार्यालय डोल्पा र से-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको संयुक्त गस्ती टोलीले घर भित्र लुकाई छिपाई राखिएको त्यो जटामसी नियन्त्रणमा लिएको हो । नियन्त्रण लिइएको जटामसी कसको हो भन्ने कुनै पत्ता भने नलागेको वन कार्यालयका प्रमुख कमाईको भनाइ छ । 

उक्त गतिविधिको थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय डोल्पाले अनुसन्धान सुरु गरेको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।