बर्दियाका इस्लाम धर्मावलम्बीमा रमजानको उल्लास (भिडियो)

चैत्र १८, २०७९ |कमल पन्थी
बर्दियाका इस्लाम धर्मावलम्बीमा रमजानको उल्लास (भिडियो)

बर्दिया । इस्लाम धर्मावलीको पवित्र महिना रमजान जारी छ । इस्लाम धर्मावलम्बीले एक महिना रोजा अर्थात उपवास बस्ने गर्छन् । रमजानमा हरेक मुसलमानले रोजा अनिवार्य बस्नुपर्ने हुन्छ । रमजान सुरु हुन अघिल्लो दिन चन्द्रमा देखिएपछि रोजा सुरु हुन्छ ।

रमजानको अवसरमा बर्दियाका इस्लाम धर्मावलम्बीले बिहानै ४ बजेर ५९ मिनेट भित्र खाना खानु पर्ने परम्परा छ । दिनमा ५ पटक नवाज पढ्ने गर्छन् । बेलुकी ६ बजेर ३४ मिनेटपछि खाना खाने गर्छन् । त्यसपछि पानीसमेत नपिएर रोजा बस्ने चलन छ ।

ईद इस्लाम धर्म मान्नेका लागि ठूलो पर्व हो । रमजानको एक महिना कठोर उपवास सकिएको दिन ईद पर्व मनाउँदै उनीहरु खुशीयाली साटासाट गर्छन् ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना भएकाले रोजा बसेको समय झुठो नबोल्ने, गल्ती र गलत काम गर्न हुँदैन भन्ने मान्यता छ ।

रमजान सकिएपछि ईदका दिन इस्लाम धर्मावलम्बीले दान दिने चलन छ । यो महिना अति पवित्र दिन भएकाले जति पुण्य गर्छन्, उतिनै राम्रो फल पाउने विश्वास छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।