अस्ट्रियाका लागि आवासीय राजदूतमा रेग्मी नियुक्त

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
अस्ट्रियाका लागि आवासीय राजदूतमा रेग्मी नियुक्त

काठमाडौं । अस्ट्रियाका लागि नेपालको आवासीय राजदूतमा भरतकुमार रेग्मीलाई नियुक्त गरिएको छ । उनलाई ग्रिसका लागि गैरआवासीय नेपाली राजदूतको जिम्मेवारीसमेत तोकिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार रेग्मीलाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अस्ट्रियाका लागि नेपालको आवासीय राजदूत श्री भरतकुमार रेग्मीलाई ग्रिसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.