प्रहरीको एआईजीमा बढुवाका लागि चार जना सिफारिस

चैत्र १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रहरीको एआईजीमा बढुवाका लागि चार जना सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार जना (प्रहरी नायव महानिरीक्षक) डीआईजीलाई (प्रहरी अतिरिक्त महानिरीक्षक) एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा चार जना डीआईजीलाई बढुवाका लागि सिफारिस गरेको हो ।

डीआईजीहरु सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाको सिफारिसमा परेका छन् ।

समितिले गरेको सिफारिसमा डीआईजी सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा छ । प्रहरी प्रधान कार्यालय, कार्य निर्देशनालय, नक्सालमा दरबन्दी भएका भण्डारीको अंक ६८.४६१२ रहेको छ ।

यस्तै दोस्रो नम्बरमा रहेका गिरीको अंक ६८.२११२ छ भने तेस्रो नम्बरमा रहेकी चौधरीको अंक ६७.८३०६ रहेको छ । चौथो नम्बरमा परेका तामाङको ६७.६९७३ रहेको बढुवा समितिले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.