इतापाके आयोजनामा किसानको धर्ना, भन्छन्- स्थानीयलाई भूमिहीन बनाउन पाइँदैन

चैत्र ३, २०७९ |कान्तिपुर टीभी संवाददाता
इतापाके आयोजनामा किसानको धर्ना, भन्छन्- स्थानीयलाई भूमिहीन बनाउन पाइँदैन

काठमाडौं । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आयोजनाले धेरै प्रतिशत जग्गा कटौटी गरी स्थानीयलाई भूमिहीन बनाउन खोजिएको भन्दै किसानहरुले आयोजनाको कार्यालयमा धर्ना दिएका छन् ।

जग्गा एकीकरण आयोजना पीडित संघर्ष समिति बनाई किसानहरुले पूर्वाग्राही रुपमा गरिएको जग्गा वितरण खारेजको माग गर्दै जुलुससहित आयोजनाको कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले स्थानीयलाई भूमिहीन बनाउन पाइँदैन भन्दै नाराबाजीसमेत गरेका छन् ।

सरकारी मापदण्ड कायम भइसकेको सडक जोडिएका कित्ताहरुमा बाटोको योगदान खारेजी, आयोजना सुरु हुनुअगाडि नै फराकिलो भएको सल्लाघारी नगरकोट सडक जोडिएको जग्गाको योगदान कटौटी खारेजलगायत माग गरेका छन् ।

आयोजनाले आफ्नो मान्छेलाई थोरै र अरुलाई धेरै अर्थात् ८० प्रतिशतभन्दा बढी जग्गा कटौती गरेको भन्दै किसानहरुले पीडित उपभोक्ताको गुनासो दर्ता गरी सम्बोधन गर्न संघर्ष समिति अध्यक्ष गोपालकृष्ण याकामीले माग गरेका छन् ।

आयोजना १६ सय ५४ रोपनीमा छ । त्यहाँ करिब तीन हजारभन्दा बढी परिवारको बसोबास छ । तीमध्ये ६७२ घरपरिवार पीडित छन् । सांकेतिक विरोधका कार्यक्रम गर्दा सुनुवाइ नभए थप आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.