जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक बिदाप्रति शान्ति समाजको आपत्ति

माघ २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक बिदाप्रति शान्ति समाजको आपत्ति

काठमाडौं । फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा सार्वजनिक बिदा दिने निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।

समाजकी महासचिव रेनुका पौडेलद्वारा आइतबार जारी विज्ञप्तिमा वाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद् बैठकले (त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि) ‘जनयुद्ध दिवस’ का अवसरमा भन्दै २०७९ फागुन १ गते सोमबारका दिन वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णयप्रति असहमतिसँगै गम्भीर आपत्ति रहेको जनाएको छ ।

‘यो विवादास्पद निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकूल छ भन्ने शान्ति समाजको धारणा रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसैगरी माघ २७ गते काठमाडौंमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको शान्ति समाज निन्दा गर्दछ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रुपमा नागरिकलाई सास्ती दिनेगरी कायम रहेको कथित सवारी प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत छ ।’

भोलि सार्वजनिक बिदा


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.