भोलि सार्वजनिक बिदा

माघ २९, २०७९ |कान्तिपुर टीभी संवाददाता
भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (फागुन १ गते) सार्वजनिक बिदा दिने भएको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते 'जनयुद्ध दिवस'का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेबाट सुरु सशस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ मा 'जनयुद्ध दिवस' मनाउँदै आएको छ । यसैका अवसरमा यसपटक आफ्नै नेतृत्वमा सरकार रहेको हुँदा जनयुद्ध दिवसको सार्वजनिक बिदा घोषणा गरेको हो ।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा भएपछि सशस्त्र युद्धमा होमिएको माओवादी राजनीतिक मूलधारमा आएको थियो । 

जनयुद्ध दिवसमा सरकारले दिएको सार्वजनिक बिदाप्रति शान्ति समाजको आपत्ति


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement