काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा द्विपक्षीय सहयोग र आपसी हितका अन्य विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
दुई दिने नेपाल भ्रमणका लागि आइतबार वाशिङटन डिसीबाट सिधै काठमाडौं आइपुगेकी नुल्यान्डले आजदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेकी हुन् ।
नेपाल बसाइको क्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका राजनीतिक दलका नेताहरुलाई समेत भेट गर्ने कार्यक्रम छ ।
भेटमा एमसीसी परियोजनालगायतका विषयमा छलफल हुने जानकारी दिइएको छ ।