नेपाल आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेपाल आइपुगिन् अमेरिकी राजनीतिक मामिला उपमन्त्री

काठमाडौ । संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आएकी छन् ।

दुई दिनका लागि आइतबार वासिङ्टन डिसीबाट नेपाल आइपुगेकी नुल्यान्ड नेपाल सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्नेछिन् । उनले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको कूटनीतिक स्रोतले जनाएको छ । 

उपमन्त्री नुल्यान्डले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ । साथै अन्य भेटवार्ताको टुंगो भने लागिसकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement