काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल ट्रेड युनियन महासंघले आज काठमाडौं गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कम पारिश्रमिक दिएर श्रमिकलाई काममा लगाउन नपाइने बताउनुभएको हो ।
उहाँले नर्सले पनि न्यूनतम् पारिश्रमिक नपाउने गरेको आफूले सुनेको भन्दै कुनै पनि बहानामा थोरै पारिश्रमिक दिएर काममा नलगाउन सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र श्रमिक अन्तर्राष्ट्रिय मान्यताअनुसार चल्नुपर्ने पनि बताउनुभयो ।