राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

माघ १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ ।

निवर्तमान सभापति रवि लामिछानेले नागरिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलासँगै सबै पद गुमाएपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको पार्टीकी केन्द्रीय सदस्य सविता गौतमले जानकारी दिइन् ।

अर्याल यसअघिका उपसभापति हुन् भने उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.