युवालाई आत्महत्याबाट रोक्न बेलैमा उपचार खोजौँ : बाबुराम भट्टराई

माघ ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
युवालाई आत्महत्याबाट रोक्न बेलैमा उपचार खोजौँ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा युवाहरुले आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गए ठूलो संकट आइपर्ने औँल्याएका छन् ।

नयाँ बानेश्वरमा मंगलबार अपराह्न आत्मदाहको प्रयास गरेका इलामका प्रेम आचार्यको प्रकरणबारे बुधबार बिहान ट्वीट गर्दै उनले यस्ता घटनालाई बेलैमा गम्भीरतापूर्वक लिन र उपचार खोज्न आह्वान गरेका छन् ।

उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक रहेको उल्लेख गर्दै उनले युवाहरु विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्ने भट्टराईले उल्लेख गरेका छन् ।

‘सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ र उपचार खोजौँ,’ भट्टराई लेख्छन्, ‘अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ ।’

यी घटनाहरु प्रति गम्भीर हुन आवश्यक रहेको भट्टराईको भनाइ छ । उनले आरोपप्रत्यारोप नभइ आत्मसमीक्षा गरी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौँ भनेका छन् ।

यस्तो लेखेका छन् भट्टराईले ट्वीटरमा

यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऊँ र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ।आरोपप्रत्यारोप हैन आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउककबाट भूमिका निर्वाह गरौं !


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.