यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

माघ १, २०७९ |कान्तिपुर टीभी संवाददाता
यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं । ७२ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरलाईन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि आइतबार बिहान १० बजे उडेको विमान पुरानो विमानस्थल नजिकै सेती नदी खोंचमा दुर्घटना भएको बताइएको छ ।

दुर्घटना भएको विमानमा आगो लागेको र हाल त्यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

घटनास्थलमा उद्धार टोलीले उद्धारको काम गरिरहेको छ । 

स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । घटनाको विस्तृत जानकारी आउन बाँकी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.